काठमाण्डाै – वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो ।
गएको १६ गते देहरादुनबाट काठमाण्डाै आउनुएका उहाँलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भए पछि उहाँको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।
चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५...