कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे कलाकार माेहन निरौलाले बताए । गत आईतबार अस्पताल भर्ना गरिएकाे उनकाे स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ ।