चलचित्रकर्मी कल्याण कोषलाई दीपक-दीपाले तीन लाख दिने

काठमाडौं । कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । तीनैजना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक-एक लाख रुपैयाँ प्रदान गर्ने भएको कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले जानकारी दिइन् । कोषकी सदस्य समेत रहेकी निर्देशक निरौलाले कलाकारको दायित्व सम्झिएर कोषमा आफ्नै कमाइबाट आर्थिक सहायता […]

सम्बन्धित सामग्री

फिल्मकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०

बोर्डले सामाजिक÷शासकीय रूपान्तरणमा योगदान पु¥याएवापत भन्दै कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, मुकुन्दकिशोर भट्टराई, रेखा थापा र दीपाश्री निरौला, पत्रकार विजयरत्न तुलाधर, लेखक तथा निर्देशक दयाराम दाहाल, मीनबहादुर भाम र मनोज पण्डित, निर्माता श्याम सापकोटा तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]

मेयर शाहसँग कलाकारका पाँच माग

करिब एक दर्जन कलाकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग मंगलबार भेटघाट गरेका छन् । निर्माता निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल मार्फत भेटबारे जानकारी दिएका हुन् । भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्या विषयमा छलफल भएको शर्माले बताए । सो क्रममा कलाकारले स्थानिय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, डिजिटल विज्ञापन बोर्ड, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत फिल्म छायाँकन, चलचित्रकर्मी कल्याण कोष लगायतका पाँचवटा माग राखेको समेत शर्माले जानकारी दिए ।कलाकारको माग

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा दीपाश्री निरौला नियुक्त

काठमाडौं । चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा निर्देशक तथा कलाकार दीपाश्री निरौला मनोनीत भएकी छिन् । सञ्चालक समिति सदस्यमा निरौला मनोनीत भएकी हुन् ।  चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकोष (स्थापना तथा सन्चालन कार्यविधि,२०७५ को दफा (५) बमोजिम चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्य पदमा मिति २०७८ ०१/०१ देखि २०७९ चैत्र मसान्तसम्मका लागि...