साहित्यकार तथा चलचित्रकर्मी कार्कीको कोरोनाबाट निधन

काठमाडौं : साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। अस्वस्थ भएपछि उनलाई एक हप्ताअघि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उनी गत वैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका थिए।ज्वरो आएपछि अस्पताल भर्ना गरेर परीक्षण थाल्दा उनलाई कोरोना संक्रमण देखिएको थियो। कार्कीको उपचारको क्रममा आज बिहान निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिए।कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषा साहित्यमा पनि कलम चलाएका थिए। उनी ५० वटा भन्दा धेरै फिल्ममा कथा तथा पटकथा ल

सम्बन्धित सामग्री

चलचित्रकर्मी चेतन कार्कीको निधन

चलचित्र निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ । गत आइतबार कोरोना

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि सैनिक अस्पतालमा उपचार गराइरहनुभएका कार्कीको आइतबार बिहान निधन भएको उहाँका छोरा पंकज कार्कीले जानकारी दिनुभएको छ । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिनुभएका ८३ वर्षीय कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय हुनुहुन्यो । ‘विश्वास, पहिलो प्रेम, …

साहित्यकार प्रकाश सायमीलाई पितृशोक

काठमाडाैं – साहित्यकार एवं चलचित्रकर्मी प्रकाश सायमीलाई पितृशोक परेको छ । उहाँको पिता रत्नदासको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । मधुमेहको बिरामी उहाँलाई केही दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उहाँको आजै शोभाभगवतीमा अन्त्येष्टि गरिंदैछ । पितृशोकमा पर्नुभएका...