अशक्त तथा आर्थिक अवस्था कमजोर भएका चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापना भएको चलचित्रकर्मी कल्याणकारी कोषमा आर्थिक सहयोग गर्ने कलाकर्मीहरुलाई सम्मान गरिएको छ । कोषलाई अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत प्रेमराजा महतले एकलाख तीन हजार रुपैयाँ, निर्मात्री शारदा बस्नेतले ५१ हजार रुपैयाँ, अभिनेता पल शाहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दिएका छन् ।राजधानीमा आयोजित एक समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कल्याणकारी को