नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक प्रशिक्षणका लागि देश दौडाहामा छन् । एमसीसीका कारण दुई ध्रुवमा बाँडिएको पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर चुनावमा केन्द्रित गर्ने प्रयासमा प्रचण्ड रहेका छन् । पार्टीको निर्णयानुसार प्रदेश १, बागमती, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशमा विशेष प्रशिक्षण दिइसकेका प्रचण्डले बुधबार काठमाडौँमा गैरभौगोलिक ३ प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रममा पार्टीका नेता कार्यकर्तामा देखिएको विचलन, चुनावी रणनीतिदेखि विविध विषयमा