माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ (जीवन मरण) को सवाल भएको बताएका छन् । आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे ।त्यसका लागि देशी विदेशी प्रतिक्रियावादी लागिपरेको प्रचण्डको भनाइ छ । ‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ&rsquo