काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
आज साेमवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युराे बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गर्नुभएको हो । तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत नि...