स्थानीय तह निर्वाचन आउन २५ दिनमात्रै बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमालेले चुनाव सार्ने षड्यन्त्र भएको जिकिर गरेको छ । उसले तोकिएको मितिमा चुनाव हुनेमा आशंका व्यक्त गर्दै निर्वाचन हुन नदिन सत्तारुढ गठबन्धन लागिपरेको आरोप लगाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकले गठबन्धनलाई दोष थोपर्दै तोकिएको मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेको हो । बैठकले चुनाव हुन नदिने विरुद्ध पार्टी पंक्ति एकढिक्का भएर लाग्ने निर्णय भएको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्व