प्राचीन शहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा मंगलबार दिउसो दुई पटक पसिना आएको छ। भीमेश्वरको सिलामा पसिना आउँदा राष्ट्रमा अनिष्ट हुने सूचकका रुपमा हेरिने कारण राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट समेत पूजाहरु पठाउने चलन छ। मंगलबार दिउँसो मन्दिरमा नियमित मध्यान्ह पूजा सकिए लगतै २ः५५ देखि ३ः१७ सम्म र ३ः५१ देखिसाँझ ५ः१५ सम्म दुई पटक पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।