दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको छ ।
शनिवार केही बेर अघिदेखि मन्दिरको शिलामा पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले लोकान्तरलाई जानकारी दिए ।
शिलामा पसिना आएपछि मन्दिरमा क्षमा पूजाको तयारी भइरहेको छ ।
मेयर केसीका अनुसार, अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । शीलामा पसिना आउन रोकिएपछि बाजा बजाउन रोकिने र आइतवार बिहान क्षमा पूजा गरिने मेयर केसीको भनाइ छ ।
यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।