प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट सरकारले काम थाल्ने प्रतिबद्धता उनले जनाएका छन् ।
नेपाल शिक्षक सङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र आइतबार बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट शैक्षिक क्षेत्रका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताए ।
नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेलले प्रधानमन्त्रीसमक्ष आफूहरूले विभिन्न माग राखेकोमा त्यसप्...