बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार राति करिब १० बजेको समयमा २९ वर्षीया अमृता खत्रीको मृत्यु भएको थियो । मृतकका श्रीमान्सहितका परिवारजनले उनले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उनको सुनियोजित हत्या भएको भन्दै दो