एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप, केही प्रदर्शनकारी घाइते

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । बानेश्वरमा प्रदर्शनका क्रममा भएको झडपमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरु घाइते भएका हुन् । विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका छन् ।घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ, अन्य केही सामान्य घाइते भएका छन् । घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

पेरूमा सरकार विरूद्ध प्रदर्शनमा १८ जनाको मृत्यु, १ सय बढी घाइते

एजेन्सी । पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ । गत हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हाे । प्रदर्शनका क्रममा १ सय भन्दा बढी प्रदर्शनकारीहरू घाइते भएका छन् । प्रदर्शनमा ३८ प्रदर्शनकारी पक्राउ परेका छन् । संसद विघटन गर्ने प्रयास गरेको भन्दै […]

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ।कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो। इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ।इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्

'हामी सुदखोरविरुद्ध प्रदर्शन गर्दै थियाैँ, प्रहरी आएर टाउकाे फुटाइदियाे'

प्रहरीकाे कुटाइबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा उत्रेका ४० जना मिटरब्याज पीडितलाई प्रकाउ गरेकाे छ ।

गभर्नर विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। […]

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, अमेरिकाको निन्दा

७ वैशाख, काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता […]

अमृता मृत्यु प्रकरण: प्रदर्शनकारी माथि प्रहरीको लाठीचार्ज, कयौँ घाइते

बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार राति करिब १० बजेको समयमा २९ वर्षीया अमृता खत्रीको मृत्यु भएको थियो । मृतकका श्रीमान्सहितका परिवारजनले उनले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उनको सुनियोजित हत्या भएको भन्दै दो

एमसिसी विरुद्धको प्रदर्शनमा एक जना आन्दाेलनकारी गम्भीर घाइते

काठमाडौं : एमसिसी विरुद्धको प्रदर्शनमा एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। बानेश्वरस्थित अल्फाबिटा गल्लीमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनको टाउकोमा चोट लागेको हो। चोट लागेपछि उनलाई प्रदर्शनकारीले नै मोटर साइकलमा हालेर अस्पताल लगेका थिए। एभरेष्ट अस्पतालमा उपचार हुन नसकेपछि उनलाई ट्रमा सेन्टरमा रिफर गरिएको प्रदर्शनमा आएका एक प्रत्यक्षदर्शीले थाहाखबरलाई जानकारी दिए। उनको पहिचान भने खुल्न सकेको छैन। केही दिनयता एमसिसी विरुद्धको आन्दोलन व्यापक रुपमा चलिरहेको छ। ब

कैलाली अपडेट : प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते

कैलाली : कैलालीको लम्कीमा बसले पैदल यात्रुलाई ठक्कर दिएर मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फाएर गरेको छ। प्रहरीले फायर गरेको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते उनीहरूलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। प्रदर्शनका क्रममा सशस्त्रका डीएसपीसहित ५ जना प्रहरी पनि घाइते भएका छन्। प्रहरीमाथि…

म्यानमार : प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

काठमाण्डाै - म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य 'कू' को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी...