फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् ।
कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गर्नुभएको छ ।
राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहर...