सुपर मादी हाइड्रोपावर यस वर्ष ९ करोडभन्दा बढी नाफामा

सुपर मादी हाइड्रोपावर यस वर्ष ९ करोडभन्दा बढी नाफामा

सम्बन्धित सामग्री

सुपर मादी हाइड्रोको तेह्रौं र चौधौं संयुक्त साधारणसभा

काठमाडौं। सुपर मादी हाइड्रो पावर लिमिटेडको तेह्रौं र चौधौं संयुक्त साधारणसभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  सभाले गत आवको मुनाफाबाट २ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै कम्पनीले तमोर नदीमा निर्माणाधिन २८५ मे.वा. क्षमताको अपर तमोर जलविद्युत् आयोजनामा गर्न लागिएको लगानी प्रस्ताव समेत पारित गरिएको छ । साधारणसभाबाट कम्पनीको आगामी ४ वर्षको कार्यकालका लागि संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालक क्रमश: पुष्पज्योति ढुंगाना, रघुनाथ पुरी, धनराज आचार्य, मित्रप्रसाद काफ्ले र बाबुराम थापा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा अरुणा पराजुली र स्वतन्त्र सञ्चालकमा विष्णुप्रसाद पाण्डेय निर्वाचित भएका छन् ।