काठमाडौं । गत आर्थिक वर्ष (आव) को चौथो त्रैमाससम्म बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत आवमा यस अवधिसम्म १ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत आवमा भने नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो ।
गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले खुद नाफा गर्न सफल भएको हो । अघिल्लो आवमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले गत आवमा १६ करोड ४४ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो ।
अघिल्लो आवमा वित्तीय खर्च नगरेको कम्पनीले गत आवमा भने ८ करोड २ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा ९५ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको कम्पनीको अल्कालीन कर्जा २ करोड २१ लाख रुपैयाँभन्दा बढी छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २ पैसा छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्