कात्तिक ३०, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ८६ करोड १९ हजार खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. १ करोड ७८ लाख १ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार गर्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार विद्युत् विक्रीबाट आम्दानी गरेसँगै नाफा गर्न सफल भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्री गरेको थिएन ।२०७८ साल असारमा आयोजनाको निर्माण कार्य सम्पन्न भएपनि कम्पनीले साउन र भदौ महीनामा विद्युत् परिक्षण उत्पादन प्रक्रियामा रहेको थियो ।
गत भदौ ४ गतेदेखि चार ओटा युनिटबाट उत्पादित विद्युत् विक्री प्रारम्भ भई भदौ २५ गतेदेखि सम्पूर्ण छ ओटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणा जोडिएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ ।
जगेडा कोष रकम भने रू. २० करोड ८ लाख ९१ हजार ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव १ छ ।
यो पनि हेर्नुस् :
विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था :
तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा
अपर तामाकोशी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा
अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा