यस वर्ष पञ्चकन्यामाई हाइड्रोपावर ७ करोड ६६ लाखभन्दा बढी नाफामा

माघ २७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले रू. ७ करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गतवर्ष यस अवधिसम्म रू. २ करोड ८२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो ।  यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी ४३ दशमलव ५२ प्रतिशत वृद्धि भएको र कुल व्यवस्थापकिय तथा अन्य खर्च कम भएकाले खुद नोक्सानीमा सुधार आएको हो । गत वर्ष रू. १७ करोड ३ लाखभन्दा बढी विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ४४ लाखभन्दा बढी विक्री गरेको छ ।  कम्पनीले गत वर्ष यस अवधिमा व्यवस्थापकिय तथा अन्य शीर्षकमा रू. १८ करोड ७० लाखभन्दा बढी खर्च गरेकोमा यस वर्ष रू. १५ करोड ५५ लाखभन्दा बढी मात्र यो खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १२ करोड १५ लाख ऋणात्मक छ ।  कम्पनीको कुल दायित्व रकम गत वर्षभन्दा २ दशमलव २६ प्रतिशत बढी रू. ३ अर्ब १५ करोड १९ लाख छ । कम्पनीको प्रतिशेयर आम्दानी दोस्रो त्रैमाससम्म रू. ६ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ९५ छ । यो पनि हेर्नुस् : पञ्चकन्यामाई हाइड्रोपावर घाटा कम गर्दै, विद्युत् विक्री आम्दानी ८ % बढ्यो

सम्बन्धित सामग्री

चौथो त्रैमाससम्म पञ्चकन्यामाई हाइड्रोले कमायो १ लाख ३१ हजार नाफा

भदौ ११, काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार अघिल्लो वर्षसम्म रू. ४ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने रू. १ लाख ३१ हजार खुद नाफा गर्न सफल भएको छ । गत वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी घटेपनि अन्य आम्दानी बढेको छ ।  त्यस्तै, अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले प्रशासनिक तथा अन्य खर्च कम गरेकाले पनि खुद नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । गत चौथो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट रू. ३४ करोड ५८ लाखभन्दा बढी आम्दानी गरेको छ ।  अघिल्लो वर्ष सोही अवधिसम्म यो आम्दानी रू. ३६ करोड ९७ लाखभन्दा बढी थियो । अन्य शीर्षकबाट अघिल्लो वर्ष रू. १५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष रू. २२ लाखभन्दा बढी यो शीर्षकमा आम्दानी गरेको हो । अघिल्लो वर्ष प्रशासनिक तथा अन्य खर्च रू. ३७ करोड ३० लाखभन्दा बढी रहेकोमा गत वर्ष यो रकम रू. ३२ करोड ८१ लाखमा सीमित भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ९० लाखभन्दा बढी ऋणात्मक रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव शून्य १ र प्रतिशेयर नेटवर्थ रू. ८१ दशमलव ८९ रहेको छ ।                                                                  स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण