यस वर्ष बरुण हाइड्रोपावर २ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँभन्दा बढी खुद नाफामा थियो । असार २ गतेको बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका कारण यो त्रैमासमा कम्पनीले विद्युत विक्री गर्न सकेको छैन । विद्युत विक्री आम्दानी नभएका कारण कम्पनी नोक्सानीमा गएको हो । गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत वर्ष ४० लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ८० हजार रुपैयाँ वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ४८ लाख ९२ हजार रुपैयाँभन्दा बढी ऋणात्मक छ भने शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर १५ रुपैयाँ ६६ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

बरुण हाइड्रोपावर दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७३ लाख नोक्सानीमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७३ लाख नोक्सानीमा छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी रू. १ करोड ६५ लाख नाफामा थियो ।  चालू आवमा विद्युत विक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो । गत असार २ गते गएको बाढीले कम्पनीको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा पूर्णरूपमा क्षति पुर्याएको थियो, जसका कारण कम्पनीको विद्युत विक्री आम्दानी नभएको वित्तीय विवरणमा उल्लेख छ । चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङ भने रू. २ करोड १२ लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ४ रुपैयाँ २० पैसा छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

बरुण हाइड्रोपावरद्वारा ९ महीनामा ७ करोडभन्दा बढीको विद्युत् विक्री

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ७ करोड ६ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा बढीको विद्युत् विक्री गरेको थियो । यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी १ प्रतिशतले बढेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५८ लाख १५ हजार कायम भएको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर विक्री गरी पूँजी बढाएको हो । जगेडा कोष रकम भने गत वर्षभन्दा साढे ५ प्रतिशत कम रू. २ करोड ४९ लाखभन्दा बढी कायम भएको छ ।  वित्तीय खर्च पनि यस वर्ष २७ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ करोड ११ लाखभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. १ करोड ४१ लाखभन्दा बढी भएको छ । गत वर्ष रू. २० करोड ४४ लाखभन्दा बढी रहेको सुरक्षित कर्जा यस वर्ष रू. १७ करोड २२ लाखभन्दा बढी रहेको छ । कर्जा रकम गत वर्षभन्दा यस वर्ष कम भएको हो । वार्षिक प्रतिशेयर  आम्दानी रू. ४ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ८२ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

विद्युत् विक्री आम्दानी बढेपछि घट्यो बरुण हाइड्रोपावरको नाफा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत कम खुद नाफा गरेको छ ।  गत वर्ष दोस्रो त्रैमाससम्म रू. २ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।यस वर्ष कम्पनीको खर्च बढ्दा सञ्चालन नाफा ३ दशमलव ३८ प्रतिशत कम भएको छ । गत वर्ष रू. ३ करोड ९४ लाखभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष रू. ३ करोड ८० लाखभन्दा बढी मात्र रहेको छ ।  विद्युत विक्रीबाट गत वर्षभन्दा यस वर्ष ५ दशमलव ४२ प्रतिशत बढी आम्दानी भएपनि व्यवस्थापकीय खर्च गत वर्षभन्दा २५० प्रतिशत बढेकाले कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो । गत वर्ष विद्युत् विक्रीबाट रू. ५ करोड ६८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ९९ लाखभन्दा बढी आम्दानी गरेको हो । व्यवस्थापकीय खर्च भने गत वर्ष रू. ५२ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ८३ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ कराड ५८ लाख १५ हजार रहेको छ भने जगेडा कोष रकम रू. ७ करोड १० लाखभन्दा बढी छ । शतप्रतिशत चुक्तापूँजी बढाएको कम्पनीको जगेडा कोष रकम समेत करीब १७९ प्रतिशत बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव २६ छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

विद्युत् विक्री आम्दानी घट्दा बरुण हाइड्रोको नाफा ६५.२३% घट्यो

भदौ १६, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षभन्दा ६५ दशमलव २३ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ६४ लाख १४ हजारभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २२ लाख ३० हजारभन्दा बढी मात्र यो नाफा गरेको हो । अघिल्लो वर्षभन्दा विद्युत् विक्री आम्दानी २९ दशमलव ७० प्रतिशत कम भएको र आयोजना लागत ६९ प्रतिशत बढी भएकाले सञ्चालन नाफा २२ दशमलव ८० प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफामा कमी आएको हो । अघिल्लो वर्ष रू. ८ करोड ५० लाखभन्दा बढी विद्युत् विक्री गरेको कम्पनीले गत वर्ष रू. ५ करोड ९७ लाखभन्दा बढीको मात्र विक्री गरेको हो । गत वर्ष उक्त अवधिमा प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकाले विद्युत् विक्री आम्दानी घट्न गएको कम्पनीले जानकारी दिएको छ । अघिल्लो वर्ष रू. ५९ लाख ५६ हजार आयोजना लागतमा खर्चिएको कम्पनीले गत वर्ष रू. १ करोडभन्दा बढी खर्चिएको छ । आम्दानी कम र खर्च बढी भएको गत वर्ष कम्पनीको सञ्चालन नाफा रू. ४ करोड २९ लाखभन्दा बढी रहेको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिसम्म रू. ५ करोड ५५ लाखभन्दा बढी रहेको थियो ।  ५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको हाल चुक्तापूँजी रू. २६ करोड ७९ लाख ७ हजार कायम भएको छ । कम्पनीको रिटेन्ड अर्निङ भने ६९ प्रतिशत कम रू. ५० लाख २४ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ९६ र प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ८८ रहेको छ ।                                                               स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

यस वर्ष बरुण हाइड्रोपावरको नाफा ५५ % घट्यो

वैशाख २१, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले रू. ५२ लाख ७२ हजार खुद नाफा गरेको छ ।  यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ करोड १७ लाख १ हजार थियो । गत वर्षभन्दा यसवर्ष कम्पनीको खुद नाफा ५५ प्रतिशत कम भएको हो । यसवर्ष विद्युत् विक्रीबाट हुने आम्दानी ३० प्रतिशत कम भएकाले पनि खुद नाफामा कमि आएको हो ।  गत वर्ष रू. ६ करोड ५५ लाख ८६ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यसवर्ष रू. ४ करोड ५८ लाख २२ हजार मात्र आम्दानी गरेको छ । यसवर्ष प्रसारण लाइनका कारण आयोजनाप पुर्ण क्षमतामा चल्न नपाएकाले आम्दानीमा कमि आएको कम्पनीको भनाइ छ ।  ५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २६ करोड ७९ लाख ७ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने ३१ प्रतिशत घटेको छ । गत वर्ष रू. १ करोड १७ लाख १ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ८० लाख ६६ हजारमा सिमित भएको छ ।  बैंकबाट लिएको ऋण रकम भने यसवर्ष १५ प्रतिशत घटेको छ । कम्पनीको ऋण रकम गत वर्षसम्म रू. २६ करोड ९६ लाख रहेकोमा यसवर्ष रू. २२ करोड ८५ लाख २५ हजारमा झरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव शून्य १ रहेको छ ।