तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर रू. १ अर्ब ६५ करोड नोक्सानीमा

जेठ २, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा रू. ३ करोड ५० लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा बढेर रू.१ अर्ब ६५ करोड पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् विक्री गरेर रू. ५ अर्ब १६ करोड आम्दानी गरेको गरेको वित्तीय विवरणमा उल्लेख छ । यस विषयमा कम्पनी र विद्युत् प्राधिकरण बीच आय गणनामा भएको भिन्नता र आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने डिसप्याच नभएको एवं विद्युत् खरीद सम्झौता अनुसार उत्पादन नभएकोले त्यसको असर नाफामा परेको वित्तीय विवरणमा उल्लेख छछ ।  यस्तै, कम्पनीले विद्युत् विक्री आयबाट रू.८३ करोड घटाइएकोले फागुन मसान्तसम्मको आय वापत रू. २ अर्ब ७६ करोड प्राप्त भएको भएको बताएको छ । कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ  । कम्पनीले जगेडा भने रू. २ अर्ब ७१ करोड ऋणात्मक रहेको छ । कम्पनीले गत भदौ २५ गतेबाट दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा जोडेर विद्युत् उत्पादन गरिरहेको छ ।

सम्बन्धित सामग्री

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम संकलन

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता...

अपर तामाकोशीको हकप्रद शेयर भर्न समय थपियो

काठमाडौं, ५ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । गत भदौ १८ गतेदेखि खुल्ला गरिएको हकप्रद शेयरको आवेदन असोज १८ गतेसम्म भर्न सकिने छ । कम्पनीले १ः१ को अनुपातमा एक सय रुपैयाँको दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर […]

अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयर बापतको रकम चुक्ता

काठमाण्डौ – अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् ।चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर सय रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गर्दै छ ।सर्वसाधारणतर्फकोशेयरनिश्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नोशेयरअनुपातमा हकप्रद श...

अपर तामाकोशी हाइड्रोपावर ३ अर्ब ७५ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानीसमेत अघिल्लो वर्ष २० लाख रुपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी भएको छ ।  विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले लिएको दीर्घकालीन कर्जा अघिल्लो वर्षभन्दा गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालीन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने ३४ रुपैयाँ ६७ पैसा छ ।

अपर तामाकोशी हाइड्रोपावरको सिईओमा मोहन गौतम नियुक्त

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन […]

शेयर निष्कासनको प्रस्ताव पारित गर्दै अपर तामाकोशी

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा शुक्रबार हुँदैछ। सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ। सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ। जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ। सभाले […]

अपर तामाकोशीले आज शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ ।सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव लगिएको छ । जसमा १०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।सभाले सञ्चालन समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष ०७७(७८ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

अपर तामाकोशी ८६ करोडभन्दा बढी नाफामा

कात्तिक ३०, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ८६ करोड १९ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म रू. १ करोड ७८ लाख १ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार गर्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार विद्युत् विक्रीबाट आम्दानी गरेसँगै नाफा गर्न सफल भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्री गरेको थिएन ।२०७८ साल असारमा आयोजनाको निर्माण कार्य सम्पन्न भएपनि कम्पनीले साउन र भदौ महीनामा विद्युत् परिक्षण उत्पादन प्रक्रियामा रहेको थियो ।  गत भदौ ४ गतेदेखि चार ओटा युनिटबाट उत्पादित विद्युत् विक्री प्रारम्भ भई भदौ २५ गतेदेखि सम्पूर्ण छ ओटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणा जोडिएको थियो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम भने रू. २० करोड ८ लाख ९१ हजार ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव १ छ । यो पनि हेर्नुस् : विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था : तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा अपर तामाकोशी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा

अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेट अवधिदेखि अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ६४१ दशमलव ३० र तेह्रथुम पावरको शेयरमूल्य रू.५३१ दशमलव ६० पुगेको छ ।

आन्दोलनका कार्यक्रम फिर्ता

चरिकोट, १७ कात्तिक । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बँुदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए । आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ । अपर तामाकोशी हाइड्रोपावर […]