आईएमएफसँगको वार्ता असफलतासँगै अनिश्चयतर्फ धकेलिँदै पाकिस्तान

२९ माघ, इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तान आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ । सरकारी अधिकारी र आइएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशी उपलब्ध गराउनेसम्बन्धी वार्ता असफल भएपछि इस्लामावाद कठिन स्थितिमा पुगेको हो । शिथिल भएको देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा आर्थिक सङ्कट उत्पन्न हुन नदिन पाकिस्तान सरकारले […]

सम्बन्धित सामग्री

पाकिस्तान र अफगानिस्तानबीचको महत्वपूर्ण नाका बन्द हुँदा यात्रु र ट्रक अलपत्र

पाकिस्तान र अफगानिस्तान बीचको महत्वपूर्ण सीमा नाका तोरखाम बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् भने  अत्यावश्यक वस्तु बोकेका सयौं सवारीसाधन दुवैतर्फ फसेको समाचारहरूमा जनाइएको छ। ट्रकमा रहेका तरकारी र फलफूल बिग्रिएको व्यवसायीले बताएका छन्। स्रोतहरू उद्धृत गर्दै एआरवाई न्यूजले पाकिस्तान र अफगान अधिकारीहरूबीच तोरखाम सीमा बन्द गर्ने विषयमा छलफल भएको बताएको छ। तर, दुई पक्षबीचको वार्ता भने सफल हुन नसकेको बताइएको छ।सीमामा नयाँ पोष्ट निर्माण गरेपछि झडप भएपछि अफगानिस्तान–पाकिस्तान सीमा बन

इमरान खानसँग वार्ताका लागि पाकिस्तान सरकारले राख्यो माफी माग्नुपर्ने शर्त

पाकिस्तानका वित्तमन्त्री इशाक डारले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले मे ९ मा भएको दङ्गाका लागि राष्ट्रसँग माफी मागेमा मात्र वार्ता सम्भव हुने बताउनुभएको छ । एक निजी समाचार च्यानलसँग कुरा गर्दै इशाक डारले भन्नुभयो, “इमरानसँगको वार्ता तब मात्र हुनेछ जब पीटीआई अध्यक्षले आफ्नो गल्ती स्वीकार्नुहुनेछ र त्यसलाई नदोहोरिने कसम खानुहुनेछ ।” उहाँले पाकिस्तान मुस्लिम …

अफगानी नागरिक रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीका लागि आश्रयस्थल बनेको छ ।“पाकिस्तान अफगानीहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानीहरू छन्,” रिपोर्टमा भनिएको छ ।  सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् ।

अतिवादी धार्मिक समूहको मारमा पाकिस्तान

पाकिस्तानी तालिवानले सरकारसँगको युद्ध विरामलाई केही समय निरन्तरता दिने भएको छ। तालिवानको यो घोषणसँगै त्यहाँ शान्ति छाउने सम्भावना त देखिएको छ। तर, पाकिस्तानमा कठोर सारिया कानुन लागु हुने त होइन भन्ने आशंका थपिएको छ। अफगान तालिवान सरकारको पहलमा पाकिस्तानी सरकारसँग वार्ता सुरु भएपछि पाकिस्तानी तालिवानले युद्ध विरामलाई निरन्तरता दिने भएको हो। तेहरक तालिवान पाकिस्तान (टीटीपी)ले […]

पाकिस्तान तालिवानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तानकाे तालिवान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ। अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो। दी पाकिस्तानी तालिवान (टिटिपी)ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ। पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ। टिटिपीले पाकिस्तानको सशस्त्र फौजसँग […]

मोदी र कश्मीरी नेताहरूबीच सौहार्द्रपूर्ण वार्तापछि तनावमा पाकिस्तान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार कश्मीरका राजनीतिक नेताहरूसँग दिल्लीमा साढे तीन घन्टा जति सौहार्द्रपूर्ण वार्ता गरेपछि पाकिस्तान झस्किएको छ ।  दुई वर्षअघि भारतले कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० र ३५क खारेज गरेपछि पाकिस्तान आक्रोशित बनेको थियो ।  अहिले कश्मीरी नेताहरूसँग मोदीको वार्तापछि पाकिस्तानका परराष्ट्रमन्त्री महमूद कुरैशीले यस बैठकबाट केही पनि हासिल नहुने बताएका छन् ।  नयाँ दिल्लीमा भएको बैठक फगत नाटक भएको उनको भनाइ छ । उनले यसलाई पब्लिक रिलेसन एक्सरसाइज नाम दिए ।  उन...

भारतसँग गोप्य वार्ता भएको छैन : पाकिस्तान

इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तान र भारतबीच गोप्य वार्ता भएको खबरको खन्डन गरेका छन् । टर्कीको टीआरटीवर्ल्ड टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच कुनै ‘ब्याकडोर च्यानल’बाट वार्ता नभएको स्पष्ट पारेका हुन् । “भारतसँग हाम्रो कुनै कुराकानी भएको छैन । न त संयुक्त अरब इमिरेट्स (यूएई)ले कुनै वार्ता गर्न मध्यस्थता...

भारतसित गोप्य वार्ता गरेको हो ? यसो भन्छन् पाकिस्तानका परराष्ट्रमन्त्री

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र भारतबीच कुनै पनि किसिमको गोप्य वार्ता नभएको बताएका छन् ।  दुई मुलुकबीच ब्याकडोर च्यानल वा तेस्रो पक्षको सहायताले कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे ।  शुक्रवार टर्कीको टेलिभिजन च्यानल टीआरटीवर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले गोप्य वार्ताका दाबीलाई खारेज गरे । ‘अहिले उनीहरूसँग हाम्रो कुनै वार्ता छैन । संयुक्त अरब अमिरातले कुनै किसिमको मध्यस्थता गरेको छैन ।’ उनले भने, ‘पाकिस्तान र भारत दुवै दक्षिण एसियाका आणविक हतियार सम्पन्न...