भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार कश्मीरका राजनीतिक नेताहरूसँग दिल्लीमा साढे तीन घन्टा जति सौहार्द्रपूर्ण वार्ता गरेपछि पाकिस्तान झस्किएको छ ।
दुई वर्षअघि भारतले कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० र ३५क खारेज गरेपछि पाकिस्तान आक्रोशित बनेको थियो ।
अहिले कश्मीरी नेताहरूसँग मोदीको वार्तापछि पाकिस्तानका परराष्ट्रमन्त्री महमूद कुरैशीले यस बैठकबाट केही पनि हासिल नहुने बताएका छन् ।
नयाँ दिल्लीमा भएको बैठक फगत नाटक भएको उनको भनाइ छ । उनले यसलाई पब्लिक रिलेसन एक्सरसाइज नाम दिए ।
उन...