पाकिस्तानी जेलमा रहेका अफगान नागरिकलाई रिहा गर्न तालिबान र पाकिस्तानबीच वार्ता सुरु

काठमाडौँ- कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगान नागरिकलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता थालेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगान शरणार्थीका लागि आश्रयस्थल बनेको छ । “पाकिस्तान अफगान नागरिकहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानहरू छन्,” रिपोर्टमा […]

सम्बन्धित सामग्री

अफगान संकट र चिनियाँ सक्रियता

अमेरिकाले अफगान मिसनको अन्त्य गर्दै अगस्ट अन्तिमसम्म बाँकी सेना फर्काउने तयारी गरेसँगै तालिबान विद्रोहीहरूले अफगान सत्ताविरुद्धको कारबाहीलाई तीव्रता दिएका छन् । अफगान राष्ट्रपति असरफ घानीले संसद्मा आउँदो ६ महिनाभित्र स्थितिलाई सामान्यीकृत गरिने बताइरहे पनि अफगान नागरिक ढुक्क हुन नसकेका समाचारहरू आइरहेका छन् ।

सेनाका दुई सय अनुवादक घरपरिवारसहित अमेरिका पुगे

अफगानिस्तानमा वर्षौसम्म अमेरिकी सेनाको अनुवादकको रुपमा काम गरेको दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगेका छन् । अमेरिका पुग्ने अफगानिस्तानको यो पहिलो समूह हो । समूहका करिब दुई हजार ५०० अफगान छन् । अफगानिस्तानमा तालिबान बिरुद्धको संघर्षको क्रममा अमेरिकी सेनालाई अनुवादकको रुपमा सघाएका नागरिकलाई तालिबानले लक्षित गरी आक्रमणको घटना बढाएको छ । उक्त घटनापछि अमेरिकाले अमेरिकी सेनाका लागि काम गरेका अनुवादकलाई अमेरिका लग्ने कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार बिहान अमेरिका अवतरण गरेका सबैजनालाई भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिएको छ । उनीहरुलाई करिब एक सातासम्म सैन्य शिविरमै राखिनेछ ।