ग्लोबल आइएमई क्यापिटल Global IME Capital ले संचालन गरिरहेको सामुहिक लगानी कोष योजना ग्लोबल आइएमई समुन्नत योजना १ Global IME Samunnat Scheme 1 ले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो ।जस अनुसार क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।क्यापिटलले योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशित गरिने जनाएको छ।