काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.ब.२०७७÷७८ मा आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना सेयरधनीहरूलाई २ अर्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा प्रस्तावित