ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा […]

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

१० वाणिज्य बैंकको शेयर मूल्य २ सयभन्दा मुनि, किन घट्यो आकर्षण ?

काठमाडौं । लामो समयदेखि शेयर बजार घट्दो ट्रेण्डमा छ । अधिकांश वाणिज्य बैंकहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ । मर्जर तथा प्राप्तिपछि नेप्सेमा १९ वाणिज्य बैंकको शेयर कारोबार हुने गर्दछ । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको शेयर मूल्य २ सयभन्दा तल छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र हिमालयन बैंकको शेयर मूल्य २ सयभन्दा तल झरेको हो । यी बैंकहरूमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य छ । बुधवार यस बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १४९ दशमलव ६ कायम भएको हो । कुमारीपछि सस्तो शेयर मूल्य प्रभु बैंकको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १५६ छ । शेयर मूल्य कम भएकामध्ये अधिकांश मर्जरमा गएका बैंक छन् ।   मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा यी बैंकहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकारहरू बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचकहरू पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्य रूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकहरूका शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण खासै देखिँदैन । जानकारहरूका अनुसार यसकाे एक कारण बैंकहरूको आम्दानी खस्किनु हाे । बैंकको कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।बैंकको शेयरमा लगानीकर्ताको आकर्षण नहुनुको अर्को कारण हो– शेयर संख्या बढी भएकाले धेरैजनासँग शेयर हुनु हाे । बैंकको शेयर धेरै जनासँग भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन ।   यसो त कतिपय लगानीकर्ताले भने शेयर मूल्य तल्लो विन्दुमा आएकाले यो समयमा अल्पकालीन वा दीर्घकालीन लगानीको लागि उपयुक्त हुने बताउँछन् । गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आठ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । यस कारण बैंकहरूको शेयर मूल्य निकै सस्तिएकाले अहिले लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने जानकारहरू बताउँछन् ।  यी बैंकमध्ये सबैभन्दा धेरै शेयर मूल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५०६ कायम भएको छ । सबैभन्दा धेरै शेयर मूल्य भएको बैंकको सूचीमा दोस्रोमा रहेको नबिल बैंकको शेयर मूल्य रू. ५०५ छ ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से ।

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।  बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले यही मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

पहिलो त्रैमासमा सबै वाणिज्य बैंकको खराब कर्जा बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  उक्त विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा कृषि विकास बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा ५ दशलमव ३३ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा २ दशमलव ८३ प्रतिशत थियो ।  समीक्षा अवधिमा पाँच वाणिज्य बैंकहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ ।  सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा शून्य दशमलव ९ प्रतिशत छ । एभरेष्टपछि सबैभन्दा कम खराब कर्जा स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । चालू आवको पहिलो त्रैमासमा बैंकको खराब कर्जा १ दशलमव १ प्रतिशत छ ।  ऋणीले समयमै कर्जाको साँवा–ब्याज भुक्तानी नगर्दा खराब कर्जा बढेको जानकारहरू बताउँछन् । खराब कर्जा बढ्नु कम्पनीका लागि राम्रो मानिँदैन । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । खराब कर्जा ५ प्रतिशत वा सोभन्दा बढी हुने बैंक तथा वित्तीय संस्थाहरूले नाफा गरे पनि लगानीकर्तालाई लाभांश वितरण गर्न पाउँदैनन् ।  लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थाको शेयर खरीद गर्नुअघि कम्पनीको खराब कर्जा अनुपातलाई विशेष ध्यान दिन अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।  के हो खराब कर्जा ? खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रदर्शन परीक्षण गर्ने एक आधार हो । बैंक तथा वित्तीय संस्थाले ऋणीले लिएको कर्जाको साँवा र ब्याजको निर्धारित रकम ९० दिनसम्म भुक्तानी गरेको छैन भने त्यस्तो कर्जालाई खराब कर्जाअन्तर्गत राख्ने गरेका छन् ।  वाणिज्य बै‌ंकहरूको गत आव र चालू आवको पहिलो त्रैमासकाे निष्क्रिय कर्जा स्रोत : बैंकहरूको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण ।

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्‍यो ९ प्रतिशत लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कात्तिक १९ गते बिहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र करसमेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

ग्लोबल आइएमई बैंकको साधारण सभा आज, १३.५% लाभांश पारित हुँदै

मंसिर २७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।

ग्लोबल आइएमई समुन्नत योजना १ को १००% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना १ ले भोलि (बुधवार) १ दिन लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम इकाईधनीहरूले मात्र लाभांश लिन पाउनेछन्। कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरूलाई कुल योजनाको आकार रु.१ अर्बको १००% अर्थात रु.१ अर्ब (कर समेत) नगद लाभांश वितरण गर्न लागेको हो। ग्लोबल आइएमई समुन्नत योजन...

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

मंसिर १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३३२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ३६५ दशमलव २० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट …