ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई लघुवित्तले सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न नवौं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन मुनाफा ३४ करोड ९४ लाख रुपैयाँ र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई लघुवित्तले यस वर्ष आधा घटायो लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष गत वर्षभन्दा आधा कम लाभांश वितरण गर्ने भएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको आधारमा करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ८ प्रतिशत नगद लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष आधाले लाभांश वितरण गर्न लागेको हो ।

ग्लोबल आइएमई लघुवित्तले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ ।  कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुुरु गरेकाले आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्नुसमेत कम्पनीले अनुरोध गरेको छ । नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिने जानकारी कम्पनीले दिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।  बुकक्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि वितरण गरिनेछ । सो मितिपश्चात कर्जा भुक्तानी भएका सदस्यहरूको लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र वितरण गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य रू. १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८९५ दशमलव ९८ तोकेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य रू. १ हजार ६५० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३७५ तोकेको छ । मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ ।

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम आज सोमवार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम आज सोमवार रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गरेसँगै फागुन १५ गते अर्थात् आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ ।   सभा बेस्ट रिसोर्ट नेपाल प्रालि लेकसाइट पोखरामा बिहान ९ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आयोजना गरेको छ । सभा गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

ग्लोबल आइएमई लघुवित्तद्वारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

माघ १९, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले आव २०७२/ ७३ को नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनी बुझिलिन बाँकी रहेकोले सोही लाभांश लिन भनेको हो । नगद लाभांश लिन बँँकी शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो परिचयपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय विजयपुर, कास्कीमा सम्पर्क राखी लिन सक्नेछन् ।  अन्यथा सो अवधिभित्र नगद लाभांश लिन नआएमा कम्पनी ऐन बमोजिम पाँच वर्ष पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले बताएको छ ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  को नवौँ साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार कास्कीको होटल पोखरा ग्राण्डमा सभा गरेको हो  ।  सभाले आर्थिक बर्ष २०७७÷०७८ को कुल मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।वित्तीय संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ । वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

ग्लोबल आइएमई लघुवित्तको २८% लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन

मंसिर १२, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार (मंसिर १३ गते) सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि (मंगलवार) मंसिर १४ गते बुक क्लोज गर्ने भएसँगै सोमवार (मंसिर १३ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्तव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभा बिहान १० बजे होटल पोखरा ग्राण्ड, पोखरा, पार्दीमा गर्ने जानकारी गराएको छ ।

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि […]

ग्लोबल आइएमई लघुवित्तद्वारा ५ वर्ष पुरानो नगद लाभांश लिन अनुरोध

साउन ३२, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ  ।  कम्पनीले आव २०७२/ ७३ देखिको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले हालसम्म पनि नबुझेको भन्दै सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर प्रमाणपत्रका साथ शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क गर्न भनेको छ । साथै कम्पनीले आव २०७२/ ७३ को नगद लाभांश रकम हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै जम्मा भइरहेकाले हितग्राही खाता अद्यावधिक गराउन तथा भौतिक शेयर हुने शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न पनि भनेको छ । शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।