ग्लोबल आइएमई बैंकको साधारण सभा भोली, लाभांश प्रतिशत कति ?

काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले भोली (सोमबार)साधारण सभा गर्ने भएको छ । बैंकको १५औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांश पारित गर्ने […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।  बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले यही मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारण सभा, के - के छन् प्रस्ताव ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते १० औंं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइट, पोखरामा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । आगामी दिनमा अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई क्यापिटलको साधारण सभा आज हुँदै

पुस ९, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको वार्षिक साधारण सभा आज शुक्रवार हुँदैछ ।  लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी विकास बैंकले १४औं वार्षिक साधारण सभा शुक्रवार बिहान ११ : १५ बजे केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु गर्ने जानकारी गराएको हो । सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधाण सभा भाग लिन र लाभांश पाउनेछन् ।  ग्लोबल आइएमई क्यापिटलले १४औं वार्षिक साधारण सभा शुक्रवार ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक, काठमाडौंमा गर्ने जानकारी दिएको हो । सभाले ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

ग्लोबल आइएमई बैंकको साधारण सभा आज, १३.५% लाभांश पारित हुँदै

मंसिर २७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बै‌ंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर १२, काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सोमवार बुक क्लोज गर्ने भएसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

मंसिर १०, काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार (मंसिर १२ गते) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएसँगै मंसिर १२ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि […]

१३.५ % लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो १५ औं वार्षिक साधारण सभा

मंसिर २, काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ ।  कम्पनीले सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल,परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न सञ्चालक समिलिाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १३ गते बन्द गर्ने बताएको छ । यस आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।