तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढ्यो

काठमाडौँ- तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढेको पाइएको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढेको जनाएको हो । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्थाको कार्यान्वयन भने नभएको खामा प्रेसले जनाएको छ । […]