घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्ध पाँच खेलको टी–२० सिरिज २–२ को बराबरीमा ल्याएको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले शुक्रबार दक्षिण अफ्रिकामाथि ८२ रनको जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो। १७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.५ ओभरमा ८७ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाले टी–२० आईमा बनाएको यो सबैभन्दा कम योगफल हो। यसअघि दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफलका रूपमा २०२० मा अष्ट्रेलियाविरुद्ध