त्रिकोणात्मक टी-२० सिरिज : दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई हरायो

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ । म्याक्स ओ’डोडको शानदार शतकको मद्दतमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्सले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ ।