अर्घाखाँची – अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा नाचिने भैरव नाच यस वर्षका लागि सकिएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ ।
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिक औँसीसम्म नाचिन्छ । देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता रहेको छ । जसका कारण भैरव नाच यस वर्षका लागि सकिएको हो ।
भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा काल भैरव मुख्य हुन्...