श्री कृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औंसीसम्म नाचिने अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ नाचिन्छ ।नाचका नर्तकहरू जो भैरवको स्वरूपमा हुन्छन् उनीहरूलाई भगवानको प्रतिकका रुपमा पूजा गरेर नाच्न सुरु गरिन्छ । यद्यपि, डंगिनीलाई पनि पूजा गरिन्छ । डंगिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । […]