अर्घाखाँची - अर्घाखाँचीको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच गएरातिदेखि शुरु भएकाे छ । भूमिकास्थान नगरपालिका-८ काे हटिया बजारमा शुरु भएकाे याे नाच हेर्न हजाराैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । लाेपाेन्मुख मानिएकाे भैरव नाच अन्य समुदायबीचमा पनि लोकप्रिय छ।
भैरव नाच सात पटकसम्म नाचिन्छ । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।
पुरुष नर्तकले महिलाको भेषमा श्रृङ्गार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव ना...