काठमाडौं, कात्तिक २४। अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो । भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने […]