प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले कोरोना भाइरस सङ्क्रमणको जाेखिमका कारण ‘भर्चुअल’ रूपमा आन्दोलन गर्ने भएको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख …