बारको आन्दोलन र महाभियोग प्रस्तावको औचित्य पुष्टि भयोः दिनेश त्रिपाठी

काठमाडौं, ९ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको आन्दोलन र संसदमा दर्ता भएको महाभियोग प्रस्तावको औचित्य पुष्टि भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “न्यायाधीश र वकिलबीच दुई करोड घुस डिलको अडियो चोलेन्द्रशमशेर राणाले न्यायालयभित्र […]