वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्ति नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् ।
सर्वोच्च अदालतको मूल गेटमा दुई घण्टाको धर्नापछि बारको प्राङ्गणमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतोले बारको आन्दोलन जनताको अधिकार, संविधानको रक्षा र राष्ट्रहितको लागि भएको बताएका हुन् ।
आफूले गैर संवैधानिक ढंगले पद नत्याग्ने जबराको भनाइप्रति लक्षित गर्दै महतोले भने, ‘दीपकराज जोशीको बेञ्च खोस्ने काम कुन विधि अन्तरगत भएको थियो ?’ महतोले बारको आन्दोलन छिट्टै सफल भएरै छाड्ने ...