इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गर्नुभएको छ । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उहाँले राष्ट्रपतिको जिम्मेबारी लिनु भएको हो ।
इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गर्नु भएको थियो । धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउदा नजनाउदै भएको निर्वाचनबाट उहाँलाई विजयी भएको घोषणा गरिएको छ ।