सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा अनुपस्थित्

काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा जारी सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा गएका छैनन् । मन्त्रिमण्डलमा भागबण्डा खोजेको भन्ने समाचार आएकै बेला जबराको जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आर्पूितमन्त्री बनाएका हुन् । हमाल कांग्रेसका पूराना नेता हुन् । […]