राजदूत शंकर शर्माद्वारा सपथग्रहण

काठमाडौँ– भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका डा शंकरप्रसाद शर्माले शुक्रबार सपथग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई राजदूतकाे सपथग्रहण गराएकी हुन्। सपथग्रहण समाराेहमा परराष्ट्रमन्त्री नारायण ढकालकाे पनि उपस्थिति रहेकाे थियाे। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले चैत ६ गते शर्मालाई राजदूत नियुक्त गरेकी थिइन्। राजदूत शर्माकाे भारतबाट एम्रिगाेसमेत आइसकेकाे छ।

सम्बन्धित सामग्री

सुरक्षा रणनीति विज्ञ नयाँ अमेरिकी राजदूत डीन थम्पसन नेपालमा

नेपालका लागि नयाँ अमेरिकी राजदूत डीन थम्पसन नेपाल पुगेका छन् । उनलाई नेपालमा स्वागत गर्दै अमेरिकी दूतावास काठमाडौंले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा केही समय विताएपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने जनाएको छ । उनले सेप्टेम्बरको अन्तिम साता सपथग्रहण गरेका थिए । थम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट […]

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले गरे सपथग्रहण

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले सपथग्रहण गरेका छन् । टम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको थियो । अब उनी राजदूतका रुपमा नेपाल आउने भएका छन् । जुलाईको तेश्रो साता नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको थियो । टम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएको थियो […]

शेर्पाले गरिन् न्युजिल्याण्डमा सपथग्रहण

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले एक समारोहमा न्युजिल्याण्डका गभर्नर जनरल दामपत्से रेड्डी समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेकी छिन्। उक्त समारोहमा राजदूत शेर्पाले नेपाली राष्ट्रपति, नेपाल सरकारतर्फबाट न्युजिल्याण्डका जनताका लागि शुभकामना संदेश लिएर आएको बताइन्। भेटका क्रममा शेर्पाले नेपालको समसामयिक राजनीतिक परिवेश, चुनावको तयारी र संविधान कार्यान्वयनका बारेमा जानकारी गराएकी थिइन्। सगरमाथाको इतिहासमा एडमन्ड…