मुख्यमन्त्री पोखरेलद्वारा सपथग्रहण

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दोस्रोपटक मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। आज साँझ विपक्षी दलहरूको विरोधका बीच मुख्यमन्त्रीकै कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएका हुन्। विपक्षी दलहरुले अल्पमतमा परिसकेको दलका नेतालाई मुख्यमन्त्री बनाउन नहुने भन्दै नाराबाजीमा उत्रिएका छन्। आजै बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। विमला वलि माओवादी केन्द्रमा प्रवेश गरेपछि अहिले लुम्बिनीको राजनीति पेचिलो बनेको छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले गरे सपथग्रहण, २ मन्त्री नियुक्त

काठमाडौं २८ पुष। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर हिजो प्रदेश प्रमुखसँग रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यस्तै मुख्यमन्त्री रावलले आज नै दुई जना सांसद्‍लाई मन्त्रीको सपथ खुवाएका छन्। नियुक्त हुनेमा […]

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

बुटवल  ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ । एमाले प्रदेश संसदीय दलका नेता गिरी […]

लुम्बीनीका मुख्यमन्त्री गिरीको शपथ आज १ बजे

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्। बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ। प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ। एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार […]

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिँदै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको

लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा हुने

बुटवल– नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिबार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।  मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि १६ पुस र प्रदेश अधिवेशन १८ पुसमा बोलाउने गरी सिफारिस गर्ने निर्णय […]

पूराना भवन मर्मत गरेर तयार पारिँदैछ मुख्यमन्त्री कार्यालय र निवास (तस्बिरसहित)

दाङ- लुम्बिनी प्रदेशमा नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरूको सपथग्रहण स्थायी राजधानीमा गर्ने तयारी सुरु भएको छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद र अन्य मन्त्रालय रहने कार्यालयको व्यवस्थापनको काममा तीव्रता दिइरहेकाे हाे। तर, प्रदेश सरकार मातहतमा रहेका कर्मचारीहरू भने राजधानी क्षेत्रमा नआउने अडानमा देखिन्छन्। विभिन्न कर्मचारी ट्रेड युनियनलगायत पेशागत संघसंस्थाको आडमा […]

बागमती प्रदेश : अल्पमतमै शुरु भयो नियुक्ति र सपथग्रहण

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष र ३ सदस्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेश सरकारमा अल्पमतमा रहनुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तारसँगै आफ्ना नजिकका र एमालेका नेता/कार्यकर्तालाई नियुक्ति दिन सुरु गर्नुभएको हो । प्रदेशकी मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले आयोग उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो […]

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चय

अवरोधका बीच लुम्बिनीका मुख्यमन्त्रीद्वारा सपथग्रहण

काठमाडौं (अस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा आइतबार साँझ सपथग्रहण गराइएको हो । प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सपथग्रहण भएको हो । यसअघि, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको १२ घण्टा नबित्दै पुनः सोही पदमा नियुक्त भएका थिए  । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए । आइतवार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई पोखरेलले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाएका थिए । लुम्बिनी प्रदेशमा सत्तासमीकरणमा रस्साकस्सीका बीच तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वली माओवादी केन्द्रतर्पm लागेपछि एमालेका पोखरेलले बहुमत गुमाएको विपक्षीको भनाइ थियो । ‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न २ घण्टा अगाडि भेटेर जानकारी गराउँदागराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक छ,’ मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले बताए । यसैबीच, लुम्बिनी प्रदेशमा भएको राजनीति उथपुथलको बारेमा आइतवार आकस्मिक रूपमा एमाले अध्यक्ष प्रम केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक डाकेर छलफलसमेत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्री ओलीले लुम्बिनीलगायत प्रदेशहरूमा पार्टी भित्रैबाट उत्पन्न स्थितिको गम्भीरताबारे जानकारी गराउनुभयो ।,’ बालुबाटार बैठकमा ओलीले पार्टीभित्रबाटै केन्द्रदेखि प्रदेशसम्म घात गर्नेलाई थप ‘एक्शन’ लिने संकेत गरेको नेताहरूको भनाइ छ ।

मुख्यमन्त्री गुरूङले गरे मन्त्रिपरिषद विस्तार, दीपक मनाङे बने खेलकुद मन्त्री

अहिले केहीबेमा प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री गुरूङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए।