कोलम्बियाको राष्ट्रपतिको रूपमा गुस्ताभो पेट्रोले आइतबार सपथग्रहण गर्नु भएको छ । उहाँ वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए । “कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भन्नुभएको छ । उहाँले दशकौंदेखि …