३५ वर्षको सरकारी सेवामा मुखियादेखि शाखा अधिकृतसम्म बनेका उद्धव थपलियाविरुद्ध डेढ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।
५ महिनामात्र शाखा अधिकृत भएर अवकाश पाएका थपलियाले पदमा हुँदा अख्तियारको दुरुपयोग गरी १ करोड ६४ लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ११ का ५७ वर्षीय उद्धव थपलियाले ८ वर्ष मुखिया, १६ वर्ष खरिदार, ११ वर्ष नायब सुब्बा र ४ महिना मात्र शाख...