रेसुङ्गा फर्निचरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

नेपालगन्जको कारकाँदोस्थित रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार राती लागेको उक्त आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको हो ।...

सम्बन्धित सामग्री

वसन्तपुरमा शुक्रबार आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नम्बर–५ बसन्तपुरको बंगाली टोलमा शुक्रवार राति भएको आगलागीबाट नौ परिवारको १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट डेढ करोड भन्दा बढीको क्षति भएको छ । आगलागी पछि शनिबार विहान अग्नी पीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले राहत उपलब्ध गराएको छ । बसन्तपुरमा आगलागी भएको खबरपछि पालिका अध्यक्ष अन्सारी राति नै सो स्थानमा पुगेर आगो नियन्त्रण गर्न पुग्नुभएको थियो । अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजार रुपियाँको दरले उपलब्ध गराएको छ । उनीहरुलाई जनही चामल २५ केजी, च्युरा पाँच केजी, खाने तेल, नुन एक केजी, भाडावर्तन १५ थान, कम्बल दुई थान, झुल एक थान, मेट दुई थान र भुजा एक पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ । यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ । उनीहरुलाई जनही भाडावर्तन, त्रिपाल एक थान, कम्वल दुई थान, पुरुष, महिला र बच्चालाई कपडा सेट, भुजा एक पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्ण प्रसाद देवले जानकारी दिनुभयो । इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

जुम्लामा आगलागी, डेढ करोड रुपैयाँभन्दा बढीको क्षति

जुम्ला : जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा एक करोड ४० लाख ५८ हजार १०० रुपैयाँ बराबरको भौतिक सम्...

कृषि फामर्ममा आगलागी

लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोड भन्दा बढीको क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ ।