गुल्मी–१ मा कांग्रेसका डा चन्द्र भण्डारी विजयी

काठमाडौँ,९ मँसिर । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी हुनुभएको छ । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने […]

सम्बन्धित सामग्री

भारतमा उपचार गराइरहेका चन्द्र भण्डारी आइतबार फर्कने

काठमाडौँ- काठमाडौँमा अढाइ महिना ग्यास लिक भएर आगलागीमा परी भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आइतबार नेपाल फर्कने भएका छन्। फागुन ३ गते राति काठमाडौँको बुद्धनगरस्थित निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा उनी गम्भीर घाइते भएका थिए भने उनकी आमाको निधन भएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]

गुल्मी क्षेत्र नम्बर १ बाट चन्द्र भण्डारी विजयी

गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभएको हो । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता डा. ३३ हजार ७ सय ४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १ सय ५२ मत ल्याउनुभयो । भण्डारीले १ हजार ५९२ मतान्तरले पराजित …

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार […]

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

बुटवल – गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

गुल्मीमा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

गुल्मी – गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ । भण्डारीले १३ हजार ८ सय ९५ मत पाउनुभएको छ भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ ।

डा. चन्द्र भण्डारी : दोस्रो जितको लागि सत्ता गठबन्धनको साथ

गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसका युवा नेता हुन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले । २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं […]

गुल्मी–१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीद्वारा उम्मेदवारी दर्ता

गुल्मी – गुल्मीमा प्रमुख राजतीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।  आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र नेकपा एमालेबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर भण्डारी र ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।  यस्तै गुल्मी २ मा गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री र नेकपा एमा...

शेखर कोइरालाको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालाको प्यालनबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिने भएका छन्। स्रोतका अनुसार कोइरालाको प्यालनबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाममा करिब सहमति बनेको छ। अन्य पदका लागि अझै पनि नेताहरु छलफलमा जुटिरहेका छन्। शनिबार साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। संस्थापन […]

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...

शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् । कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।