शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...

सम्बन्धित सामग्री

शेखर कोइराला पार्टी सभापति भएको हेर्ने चाहना छः चन्द्र भण्डारी

१४ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनबाट डा.शेखर कोइराला सभापति बनेको हेर्ने चाहना रहेको बताए । कांग्रेस नवलपरासीको प्रथम सम्मेलनमा नेता भण्डारीले कसैले उफ्रेर मात्रै सभापति हुन नसक्ने बताए । ‘सभापति बन्छु भनेर उफ्रेर हुँदैन । जनता र कार्यकर्ताले पट्याएको व्यक्ति हुनुपर्छ’, भण्डारीले भने । वर्तमान र भविष्यलाई सही ढंगले […]

कांग्रेसइतर समूहका शीर्ष नेताको गोप्य बैठक, उम्मेदवारमा अझै सहमति जुटेन

बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरू चन्द्र भण्डारी, दिलेन्द्र बडूलगायतको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शेखर कोइराला समूहको छलफल

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहको बैठक बालुवाटारमा सुरु भएको छ । कोइरालाले स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समसामयिक राजनीतिका विषयमा छलफल गर्न आफ्नो समूहका नेताहरू बोलाएका हुन् । बैठक बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको नेताहरूले बताए । बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाललगायत […]

सभापतिमा देउवा जित्दा उपसभापतिमा शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता

काठमाडौँः नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणनामा शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता बनाएका छन्। कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार बनेका चन्द्र भण्डारी र धनराज ज्ञवालीले अग्रता बनाएका हुन्।  २३०० मतगणना हुँदा भण्डारीले ८७० र गुरुङले ९६० मत पाएका छन्।  यस्तै, सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट उम्मेद्वार बनेका पूर्णबहादुर खड्का र विजयकुमार…

कांग्रेस उपसभापति पदको मतगणना शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, […]

देउवाले पैसा र सरकारको शक्ति प्रयोग गरेर चुनाव जिते- चन्द्र भण्डारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिका उम्मेदवार बनेका डा. चन्द्र भण्डारीले महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पैसा र सरकारको शक्ति प्रयोग गरेको आरोप लगाएका छन् ।  महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहले आयोजना गरेको धन्यवाद ज्ञापन सभालाई सम्बोधन गर्दै भण्डारीले भने, ‘शक्तिको लागि पद र पद प्राप्त गर्न रंगमञ्चमा पैसाले ठूलो काम गर्दो रहेछ । यो सरकार हुँदैनथ्यो, सरकारको दुरूपयोग हुँदैनथ्यो, मनी, मसलको प्रयोग हुँदैनथ्यो भने हामीले जितिसकेका हुने थियौँ ।’  भण्डा...

आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न पुगे डा. शेखर कोइराला (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा डा. शेखर कोइराला आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका छन् । उनको टिमबाट गगन थापा र डा. मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेद्धवारी दिने भएका हुन् । थापाले उम्मेद्धवारी दर्ता गर्नुअघि आफ्नो जित निश्चित् रहेको प्रतिक्रिया दिएका थिए । त्यस्तै, उपासभापतिमा चन्द्र भण्डारी र धनराज […]

शेखरले प्यानलसहित गरे उम्मेदवारी दर्ता

डा. शेखर कोइराला र उनको प्यानलमा रहेका नेताहरूले पदाधिकारीमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा शेखरले संस्थापनइतरबाट आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् ।   शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजालको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण ...

उम्मेदवारी दर्ता गर्न पुगे शेखर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवार रहेका शेखर कोइराला उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभा गृह पुगेका छन् । उनीसँगै प्यानलका सदस्यहरु साथ रहेका छन् ।यस्तो बन्यो टीम शेखरकोइरालाको टीम तयार भइसकेको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् । महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शे