प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी- १ बाट चन्द्र भण्डारी विजयी

बुटवल – गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

सम्बन्धित सामग्री

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार […]

गुल्मी १ मा फेरि प्रदीप ज्ञवाली अगाडि, १२० मतले चन्द्र भण्डारी पछि

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य काे चुनिने भन्नेमा राेचक प्रतिस्पर्धा  भइरहेकाे छ । एमालेका  उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । दुई घण्टा पहिले झण्डै तीन सय मतकाे अग्रता लिनुभएका भण्डारीलाई अहिले प्रदीप ज्ञवालीले उछिन्नु भएकाे छ । अहिले ज्ञवाली १२० मतले अगाडि हुनुहुन्छ । पछिल्लाे मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गर्नुभएकाे छ भने डा चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गर्नुभएकाे छ ।

गुल्मीमा प्रदीप ज्ञवाली फेरि अघि, चन्द्र भण्डारी ५ सय २३ मतले पछि

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ ।  यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार हुनुहुन्छ । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिनुभएकाे छ भने कहिले भण्डारी अघि देखिनुभएकाे छ । पछिल्लाे परिणामअनुसार ज्ञवालीले अग्रता लिनुभएकाे छ । उहाँले १६ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएकाे छ भने कांग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत पाउनुभएकाे छ । उहाँहरूबीच ५ सय २३ मतकाे अन्तर रहेकाे छ ।

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे, चन्द्र भण्डारी अघि लागे (कसको कति मत ?)

काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रदीप ज्ञवाली : गुल्मीमा आलोपालोको निरन्तरता तोड्ने दाउमा

राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्- नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी । २०५६ सालको प्रतिनिधि सभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ […]

चुनाैती झेल्दै प्रदीप ज्ञवाली, सहज मान्दै चन्द्र भण्डारी

आगामी निर्वाचन एमालेका लागि फलामे च्यूरा जस्तै भएको छ । पदाधिकारीहरुका लागि झन् चुनौती देखिएको हो । गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी पाँचौं पटक चुनावी मैदानमा छन् ।