बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न, मर्जरको अख्तियारी दिने प्रस्ताव पारित

बेष्ट फाइनान्स Best Finance Company को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् । कमलादी काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले  १४ वटा शाखाबाट  सेवा प्रदान गरिरहेको छ । 

सम्बन्धित सामग्री

लाभांश पारित गर्न एभरेष्ट बैंकले आहृवान गर्‍यो साधारणसभा

८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । […]

२३ मंसिरमा ग्लोबल आईएमईको साधारणसभा, मर्जर सम्झौता पारित गर्ने प्रस्ताव

२९ कात्तिक, काठमाडौं । २८ कात्तिकमा बैंक अफ काठमाण्डुसँग मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेको ग्लोबल आईएमई बैंकले साधारणसभा बोलाएको छ । मर्जर सम्बन्धी सञ्चालक समितिको प्रतिवेदनलाई पारित गर्ने विशेष प्रस्तावसहित २३ मंसिरमा साधारणसभा आह्वान गरेको हो । सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) को आधारमा तयार गरिएको १:१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने […]

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा, मर्जरसम्बन्धी प्रस्ताव पारित

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्सबीच गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

लेखापरिक्षकको नियुक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं, ६ चैत्र । आर्थिक वर्ष २०७८/२०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आव २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष […]

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

निफ्राको साधारणसभा : सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित साधारणसभा अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्र

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

३१ असोज, काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो । ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते […]

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिलको विशेष साधारणसभा

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलाएको छ । युनाइटेड फाइनान्सले नबिलमा विलय हुने प्रस्ताव पारित गर्न र नबिलले युनाइटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न आउँदो असार ५ गतेको लागि विशेष साधारणसभा बोलाएका हुन् ।नबिल बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुने गरी मर्जर प्रस्ताव पारित गर्न लागेको हो । […]

सिटिजन लाइफले आईपीओ ल्याउने, प्रस्ताव पारित गराउन बोइलायो साधारणसभा

सिटिजन लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन २ मा साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले आईपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । &n